📝 Course Content
Your roadmap through this chapter.
हामी र हाम्रो समाज
Video Queue
हामी र हाम्रो समाज - भाग …
समाजको विकासक्रम र सामाजि…
सामाजिकीकरणका निकायहरू - …
सामाजिकीकरणका तत्वहरू - भ…
Grade 10 सामाजिक अध्ययन सम्पूर्ण पाठका Videos, Notes र Practice पाउनुहोस्।
सम्पूर्ण Course लिनुहोस्
📝 Course Content
Your roadmap through this chapter.
विस्तृत नोटहरू १
व्यक्ति (Individual)
महिला, पुरुष वा कुनै खास मानिसलाई बुझाउन प्रयोग गरिने शब्द हो । तपाईँ आफैँ पनि एउटा व्यक्ति हुनुहुन्छ ।
परिवार (Family)
एउटै छानामुनि बस्ने र एउटै भान्छा प्रयोग गर्ने मानिसहरूको समूहलाई परिवार भनिन्छ । यसमा बुबा, आमा, छोराछोरी, नातिनातिनाहरू हुन्छन्।
● 'Family' शब्द ल्याटिन भाषाको 'Famulus' बाट आएको हो, जसको अर्थ 'सेवक' हुन्छ ।
● परिवारको निर्माण दुई तरिकाले हुन्छ: वैवाहिक सम्बन्ध र रक्त सम्बन्ध ।
समुदाय (Community)
● निश्चित भौगोलिक क्षेत्रमा बस्ने र सामूहिक पहिचान भएको समूह समुदाय हो ।
● यो जाति, भाषा, धर्म वा पेशाको आधारमा निर्माण हुन्छ ।
● यसमा 'हामी' भन्ने साझा धारणा र समानता पाइन्छ ।
समाज (Society)
मानिसहरू बीचको आपसी सम्बन्धको जालोलाई समाज भनिन्छ ।
● आफ्ना आवश्यकताहरू पूरा गर्न संगठित भएको मानिसहरूको समूह नै समाज हो।
● समाजमा भाषा, संस्कृति र धर्ममा विविधता हुन्छ र परिवारहरू एकअर्कामा निर्भर हुन्छन् ।
समाजको विकासक्रम
समाजको विकाससँगै सभ्यताको पनि विकास भएको हो ।
● विकासका मुख्य सिद्धान्तहरू: दैवी सिद्धान्त, शक्ति सिद्धान्त, पितृसत्तात्मक सिद्धान्त र सामाजिक सम्झौताको सिद्धान्त।
● -दृष्टिकोणहरू: आध्यात्मिक (अदृश्य शक्तिको भूमिका) र भौतिकवादी (आवश्यकता र प्रक्रियामा आधारित)।
सामाजिकीकरण (Socialization)
समाजको मूल्य-मान्यता, रीतिरिवाज र व्यवहार सिक्ने प्रक्रिया नै सामाजिकीकरण हो। यो घर, विद्यालय र समुदायबाट जीवनभर सिकिने प्रक्रिया हो ।
● महत्व: यसले व्यक्तित्व विकासमा मद्दत गर्छ, समाजमा घुलमिल हुन सिकाउँछ र समाजलाई अनुशासित बनाउँछ ।
विस्तृत नोटहरू २
१. सामाजिकीकरणका निकायहरू भनेको के हो?
सामाजिक-सांस्कृतिक व्यवहार सिक्ने माध्यमहरूलाई सामाजिकीकरणका निकाय भनिन्छ ।
यी निकायहरूलाई दुई भागमा बाँडिएको छ: औपचारिक र अनौपचारिक ।
२. औपचारिक निकाय (Formal Agencies)
निश्चित नीति, नियम वा व्यवस्थित निकाय मार्फत हुने सामाजिकीकरणलाई औपचारिक निकाय भनिन्छ ।
● उदाहरणहरू: विद्यालय, राजनीतिक दल, धार्मिक संघ-संस्था, रेडियो, टिभी, पत्रपत्रिका, राज्य र सरकार ।
● यहाँको सिकाइ योजनाबद्ध र संरचित हुन्छ ।
३. अनौपचारिक माध्यम (Informal Agencies)
आपसी भेटघाट र अन्तर्क्रिया मार्फत हुने सिकाइलाई अनौपचारिक माध्यम भनिन्छ ।
● घरपरिवार: व्यक्तिको पहिलो निकाय जहाँबाट उसले भाषा, संस्कृति, मूल्य-मान्यता र सामाजिक गुणहरू सिक्छ ।
● दौंतरी समूह: समान उमेरका साथीहरूसँग मिलेर खेल्दा वा काम गर्दा सहयोग र सहकार्यको भावना विकास हुन्छ ।
● सांस्कृतिक गतिविधि: जात्रा, चाडपर्व, मेला, पूजाआजा जस्ता क्रियाकलापबाट व्यक्तिले धेरै कुरा सिक्छ।
● हाट बजार: स्थानीय स्तरमा हुने किनबेच र मानिसहरूको जमघटबाट पनि सामाजिकीकरण हुन्छ ।
४. सामाजिकीकरणका तत्वहरू के-के हुन्?
सामाजिकीकरणको प्रक्रियामा संलग्न पक्षहरूलाई यसका तत्व मानिन्छ । मुख्य तत्वहरू यस प्रकार छन्:
● प्रेम र स्नेह: यसले आपसी विश्वास र अपनत्व बढाउँछ ।
● सहयोग: यसले मानिसमा सहकार्य, मेलमिलाप र निःस्वार्थ सेवाको भावना जगाउँछ।
● अन्तर्क्रिया: दोहोरो कुराकानीले विचार र भावना साटासाट गर्न र अरूको विचारको सम्मान गर्न सिकाउँछ ।
● सम्मान: अरूलाई आदर-सत्कार गर्दा समाजमा घुलमिल हुन सजिलो हुन्छ ।
● भाषा: यो विचार आदान-प्रदान गर्ने प्रमुख माध्यम हो, जसले गर्दा हामी अरूको दृष्टिकोण बुझ्न सक्छौँ ।
सारांश १
यस पाठले व्यक्ति, परिवार, समुदाय र समाज बीचको अन्तरसम्बन्धलाई प्रस्ट पारेको छ। एउटै छानामुनि बस्ने रगत वा वैवाहिक सम्बन्ध भएका सदस्यहरूको समूह परिवार हो भने साझा पहिचान र भूगोल भएका मानिसहरूको समूह समुदाय हो । मानिसहरू बीचको आपसी सम्बन्ध र निर्भरताबाट समाज बन्दछ, जसको विकास विभिन्न ऐतिहासिक र सैद्धान्तिक प्रक्रियाबाट भएको हो। समाजको सदस्यका रूपमा घुलमिल हुन, मूल्य-मान्यता सिक्न र व्यक्तित्व विकास गर्न सामाजिकीकरण एक अनिवार्य र निरन्तर चलिरहने प्रक्रिया हो ।
सारांश २
सामाजिकीकरण एक प्रक्रिया हो जसले व्यक्तिलाई समाजमा घुलमिल हुन र व्यवहार गर्न सिकाउँछ । यो प्रक्रिया विद्यालय र सरकार जस्ता औपचारिक निकायहरू तथा परिवार, साथीभाइ र सांस्कृतिक उत्सव जस्ता अनौपचारिक माध्यमहरूबाट पुरा हुन्छ । सामाजिकीकरणलाई सफल बनाउन प्रेम, सहयोग, भाषा र अन्तर्क्रिया जस्ता तत्वहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्, जसले गर्दा व्यक्तिमा आत्मविश्वास र सहकार्यको भावना विकास हुन्छ ।